१२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा (सूचीसहित) « Khabarhub

१२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा (सूचीसहित)


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रमुख जिल्ला अधिकारीसहित १६ कर्मचारीको सरुवा गरिएको हो ।

उनकाअनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ ।

गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।

रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।

यस्तो छ सूची

Khemraj Thapa Dailekhi

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : ०१ बजे

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि