नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए « Khabarhub

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ ।

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् । सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ । सिन्ह्वा

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : १५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल