लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण « Khabarhub

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ढिलासुस्तिले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो । आगामी मङ्सिर महिनासम्म म्याद भएपनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए ।

“ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा शुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य अघिनै भवन बन्यो”, उनले भने । एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताए ।

गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए । शिक्षा, विज्ञान, प्रविधी मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।

निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । “भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ”, उनले भने ।

कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ । नमूना विद्यालय कार्यक्रम मार्फतनै रु। ४२ लाखको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताए ।

पाँच वर्षे नमुना विद्यालय कार्यक्रम अन्तरगत रु दश करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिविधि सञ्चालन गरिने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माविमा कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय छ । कक्षा ५ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस विद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर पठनपाठन गर्ने विधि अपनाइएको छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ४० बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको