अनुसन्धान भन्छ – तपाईं गल्ती घटाउन चाहनुहुन्छ ? ध्यान गर्नुहोस् « Khabarhub

अनुसन्धान भन्छ – तपाईं गल्ती घटाउन चाहनुहुन्छ ? ध्यान गर्नुहोस्


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन ! आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानको नियमित अभ्यासले कुनै पनि व्यक्तिको गल्ती गर्ने आदत घटाउन मद्दत पुग्ने देखाएको छ।

‘ब्रेन साइन्सेस’मा प्रकाशित उक्त अनुसन्धानमूलक लेखका अनुसार सचेतना (अवेरनेस), अनुभूति, विचार वा संवेदनामा केन्द्रित ध्यानले मन र शरीरलाई स्वस्थ र जागरुक राख्न मद्दत गर्छ र मस्तिष्क आएको परिवर्तन तथा जागरुकताले बारम्बार गल्ती गर्ने आदतबाट सजग बनाउँछ।

‘मेडिटेसन र माइन्डफुलनेस अभ्यास गर्ने व्यक्तिमा विशिष्ट परिवर्तन आएको देखिन्छ, जसलाई विज्ञानले प्रभाव र फाइदाका दृष्टिकोणबाट उजागर गरेको देखिन्छ,’ मिसिगन स्टेट युनिभर्सिटीका पिएचडी स्कलर तथा लेखका सहलेखक जेफ लिनले भने, ‘तर, मलाई के कुरामा आश्चर्य लाग्यो भने यसअघि कहिल्यै ध्यान नगरेका व्यक्तिहरू एक घन्टाको गाइडेड मेडिटेसनमा बस्दा मस्तिष्कमा केही परिवर्तन भएको पाइएको छ।’

विभिन्न प्रकारका मेडिटेसन अभ्यासले फरक–फरक ढंगले मस्तिष्कको स्नायु प्रणालीमा असर पर्ने अध्ययनको निचोडले सुझाएको छ। त्यसैगरी, सचेत ध्यानले कुनै पनि व्यक्तिका कमीकमजोरी सच्याउन मद्दत पुगेको अनुसन्धानको निष्कर्ष छ।

‘कुनै खालका ध्यान एउटा वस्तु (अब्जेक्ट)मा केन्द्रित भएर गरिन्छ, सामान्यतः कतिपय ध्यान श्वासप्रश्वासलाई हेरेर गरिन्छ। तर, ओपन मनिटरिङ ध्यान चाहिँ अलि फरक छ,’ लिनले भने, ‘यसले चाहिँ तपाईंलाई अन्तर्यात्रातर्फ लैजान्छ र, मन र शरीरमा हुने सबै कुरालाई होसपूर्वक ध्यान दिन दिन सिकाउँछ। यसको उद्देश्य शान्तपूर्वक बस्ने र मन कता जान्छ भन्ने कुरालाई निकटतासाथ अवलोकन गर्नुपर्छ।’

लिसहित मिसिगन स्टेट युनिभर्सिटीका सहलेखकहरू विलियम एकर्ले, लिङ पेङ र जेसन मोसरले २ सयभन्दा बढी ‘ओपन मनिटरिङ मेडिटेसन’का सहभागीबीच उनीहरूले गल्तीलाई कसरी ‘रेस्पोन्स’ गर्छन् र, मेडिटेसनपछि गल्ती गर्ने बानीमा आएको सुधारबारे अनुसन्धान गरेका थिए।

पहिले कहिल्यै ध्यान नगरेका सहभागीलाई २० मिनट ‘ओपन मनिटरिङ मडिटेसन’को अभ्यास गर्न लगाइयो र, अनुसन्धाताले उनीहरुको मस्तिष्कको गतिविधि कस्तो छ भनी इइजीको माध्यमबाट मापन गरे। त्यसपछि उनीहरुले कम्प्युटरको सहायताबाट ‘डिस्ट्रयाक्सन टेस्ट’ पूरा गरे।

‘इइजीले मस्तिष्कको गतिविधि मिलिसेकन्ड लेभलमा मापन गर्न सक्छ। त्यसकारण सही प्रतिक्रियाभन्दा पनि गल्ती गरेको बेलामा मस्तिष्कको तटस्थ अवस्था कस्तो भयो भनी हामीले एकदमै सही मापन लियौं,’ लिनले भने, ‘गल्ती बोलेको अवस्था वा इरर पोजिटिभिटी भएको आधा सेकेन्डमै स्नायुमा संकेत भेटियो, जुन सचेततासाथ गल्ती पहिचानसँग सम्बन्धित छ।’

जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ। ‘यो निष्कर्ष ध्यानमाथि केवल २० मिनेटमा गम्भीरता साथ गरिएको प्रदर्शनको प्रतिफल हो, जसले ध्यानले ब्रेनको क्षमता अभिवृद्घिमा मद्दत गर्नुका साथै गल्तीप्रति सजग रहने सीप विकास गर्छ भन्ने देखाएको छ,’ मोजरले भने, ‘यसबाट माइन्डफुलनेस मेडिटेसन क्षमता अभिवृद्धिका लागि साँच्चिकै प्रभावकारी हुने रहेछ भन्नेमा विश्वास बढाएको छ।’

पछिल्लो समय माइन्डफुलनेसले आममानिसको ध्यानाकर्षण गरेको छ। त्यही सन्दर्भमा लिनले रिसर्चरको सानो टिम बनाएर न्युरोवैज्ञानिक पद्धति अपनाएर ध्यानको मनोवैज्ञानिक र कार्यदक्षता प्रभावबारे अध्ययन गरिरहेका छन्।

न्युज कारखानाबाट (साइन्सडेलीबाट भावानूदित)

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ५९ बजे

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीयले ४२ थान हतियार बुझाए

गलकोट– स्थानीय प्रशासनको आह्वानअनुरुप यहाँका स्थानीयले इजाजत प्राप्त ४२ थान