विश्वकपमा सर्बियाको स्थान पक्का, पोर्चुगलले प्ले अफ खेल्नुपर्ने « Khabarhub

विश्वकपमा सर्बियाको स्थान पक्का, पोर्चुगलले प्ले अफ खेल्नुपर्ने


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको छ ।

युरोपियन छनोट अन्तर्गत पोर्चुगलको मैदानमा आइतबार राति भएको खेलमा बाजी मार्दै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

खेलको दोस्रो मिनेटमा रेनेटो सान्चेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा डुसान टाडिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ९० औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरेर सर्बियालाई जित दिलाए । यस जितसँगै समूह ए को सर्बियाले ८ खेलमा २० अंक जोडेको छ । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

पोर्चुगलले विश्वकपमा छनोट हुन अब प्ले अफ खेल्नेछ । यसै समूहको अर्को खेलमा आयरल्याण्डले लक्जमवर्गलाई ३-० ले हराएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : १९ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको