स्कुल बसमा आगलागी « Khabarhub

स्कुल बसमा आगलागी


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ ।

पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । ल्यान्डस्टारद्वारा संचालित किड जोन मन्टेश्वरीको अगाडि क्षेत्रमा पार्किङमा राखेको बसको इन्जिनबाट आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार बसमा आगो लागेको जानकारी आएपछि प्रहरी खटिएको थियो । प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उनका अनुसार सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको छ । बसको बाहिरी भागमा खासै असर नपरेको देखिए पनि भित्रपट्टी अगाडिको ईन्जिन भएको ठाउँमा क्षति भएको उनले बताए । प्रिन्सिपल ईश्वर पौडेलले बसको इन्जिनमा क्षति पुगेको बताए । प्रहरी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सबै मिलेर आगो निभाएको उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : २८ बजे

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की– पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार

विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

पश्चिमी वायुको सामान्य प्रभाव, मुख्यतया मौसम सफा

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं– आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ

निर्वाचन २० दिन बाँकी : कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थालियो

काठमाडौं – निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र