तपाई सुतेको बेला घुर्नुहुन्छ? यी उपाय अपनाउनुहोस् « Khabarhub

तपाई सुतेको बेला घुर्नुहुन्छ? यी उपाय अपनाउनुहोस्


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

निदाएका वेला श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ। यो एक सामान्य प्रकिया हो। तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठुलो आवाजमा घुर्न चाहिँ एउटा समस्या हो। अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन् ।

किन घुर्छ मानिस ?

सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ। अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुने हुन्छ। उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ। यस अलावा नियमित र अधिक मात्रामा मद्यपान-धुम्रपान गर्नु पनि घुर्नुको अर्को मुख्य कारण हो।

एलर्जी हुनु, नाक सुन्निनु, बेलुका बढी खाना खानु, जिब्रो मोटो हुनुलगायत पनि घुर्नुका कारण हुन्। घुर्ने समस्या नियन्त्रणमा स्वयम् व्यक्तिले पनि कोसिस गर्नु पर्दछ ।

घुर्ने समस्याबाट बच्ने के गर्ने ?

– शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउने ।

– घुर्ने मानिस उत्तानो परेर नसुत्ने ।

– कोल्टे परेर सुतेमा घुर्ने समस्या केही हदसम्म सुधार हुन्छ ।

– नियमित शारीरिक व्यायाममा जोड दिने ।

– राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान नगर्ने ।

– घुर्ने समस्या भएका मानिसमा टन्सिल भए त्यो टन्सिल काटेर फाल्नु पर्दछ ।

– चिकित्सकको परामर्शमा घुर्ने समस्याको उपचार विधि अपनाउने ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ५४ बजे

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको