ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास « Khabarhub

ऊर्जामन्त्रीद्वारा बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका वडा नं ८ स्थित बालकुमारी मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गरेकी छन् । आज बिहान उनले मन्दिर पुनःनिर्माणको आरम्भ गरिन्।

तीनै तहको सरकारको मद्दतले मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले भनिन्, “स्थानीय तहले विशेष पहल लिएको छ, तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ ।” मन्दिर गोर्खा भुकम्पले भत्काएको थियो ।

करिब ३८८ वर्ष पहिले पुनः निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उनले भनिन्, “जीवन संस्कृतिसँग जोडिएको छ, पुनःनिर्माणसँगै यस मन्दिरको ऐतिहासिक अन्वेषण हुनेछ ।”

कला सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको सम्बद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिँदै उहाँले सम्पदाले देशको आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउने बताइन् । मन्त्री भुसालले भनिन्, “ललितपुर कला, संस्कृति र सम्पदाले भरिपूर्ण भएको जिल्ला हो, यसको सही सदुपयोग गरेर यहाँका बासिन्दा र राष्ट्रले नै फाइदा लिनुपर्छ ।” पुनःनिर्माण भएका सम्पदा भावी पुस्तालाई सहीरूपमा हस्तान्तरण गर्न सके कला संस्कृतिको संरक्षण हुने उल्लेख गर्दै उनले भक्तालु, श्रदालु एवं सम्पदाप्रमेमीलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्‍याउन अपिल गरिन् ।

सो अवसरमा सांसद कृष्णलाल महर्जनले सम्पदाको संरक्षण गर्दै देशको विकासमा लागिपर्ने बताए । मन्दिर निर्माण प्राविधिक समितिका प्रमुख बाबुरत्न अवालले रु ४ करोडमा मन्दिरको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। उनका अनुसार मन्दिर पुनःनिर्माण गत भदौं ३ गतेदेखि नै चालु रहे पनि आज औपचारिक रुपमा शुरु गरिएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ३३ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ