ओखलढुंगा दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, १३ घाइते « Khabarhub

ओखलढुंगा दुर्घटना : एकै गाउँका चार जनाको मृत्यु, १३ घाइते


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा ज्यान गएको छ ।

सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

क्षमताभन्दा बढि यात्रु बोकेका प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको  थियो । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएको हो । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । अन्य नौ जनाको  स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा  १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् । अन्य एक जनाको समेत ज्यान गएको बताइए पनि पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : ४६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा