आर्या बनिन् नयाँ ‘मिस लिटिल नेवाः’ « Khabarhub

आर्या बनिन् नयाँ ‘मिस लिटिल नेवाः’


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा गत शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस लिटिल नेवाः नेपाल ११४१’को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन् । नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्याले फोटोजेनिक र पब्लिक च्वाईसको अवार्ड पनि जितिन् । उनले ताजसँगै २५ हजार रुपैंयाँ पनि पोल्टामा पारिन् ।

प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनर्सअपसँगै सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए । त्यसै गरी सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका थिए । फस्ट र सेमेन्ड रनर्सअपका विजेतलाई क्रमश १५ र १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो ।

नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमूख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणीश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमूख निर्णायक रहेका थिए ।

प्रतियोगितामा तिसा तण्डुकार वेस्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन वेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन् ।

नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए । प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : ०० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा