लगानी बोर्डलाई लत्याउँदै गोदावरी नगरपालिकाको फोहरमैला व्यवस्थापनको जिम्मा नयाँ कम्पनीलाई | Khabarhub Khabarhub

लगानी बोर्डलाई लत्याउँदै गोदावरी नगरपालिकाको फोहरमैला व्यवस्थापनको जिम्मा नयाँ कम्पनीलाई


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोदावरी नगरपालिकाले गैरकानुनी ढंगले ‘प्रोफाइल’ नै नभएको कम्पनीलाई  फोहोरमैला व्यवस्थापनको जिम्मा दिएको छ ।

उसले लगानी बोर्ड र नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताहरुलाई समेत वेवास्ता गर्दै नगरपालिका भित्रका बजार र आवाशीय क्षेत्रको फोहोरमैला व्यवस्थापनको जिम्मा दिएको हो ।

गोदावरी नगरपालिकाले गत भदौ १६ गते फोहोरमैला व्यवस्थापनको अनुभव नै नभएको डी एस रिसाइक्लर्स प्रालिसँग नगरपालिका क्षेत्रको बजार तथा आवशीय क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सम्झौता गरेको स्रोतले बताएको छ ।

जबकी सन् २०१६ मा लगानी बोर्डले अर्कै कम्पनीलाई अनुभवी विदेशी लगानीसमेत भित्राउने सर्तमा गोदावरी नगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्वन्धीको डीपीआर स्वीकृत गरेको थियो ।

लगानी बोर्डले क्लिन भ्याली कम्पनी प्रालीलाई गोदावरी नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सो कम्पनीले तयार पारेको डीपीआरलाई स्वीकृत गरेको थियो । मेयर गजेन्द्र महर्जनले आफूलाई सबै विषय थाहा हुँदाहुदै पनि नगर परिषद्लाई सोबारे जानकारी नगराएको स्रोतले बताएको छ ।

‘मेयर सावले पहिल्लै भएको सम्झौताबारे केही भन्नु भएन पहिल्यै अर्कै कम्पनीसँग सम्झौता भइसकेको रैछ, ‘नगरपालिकाका एक कर्मचारीले भने, ‘फोहोरमैला व्यवस्थापनका लागि एउटा कम्पनीसँग सम्झौता गर्नुपर्ने भयो, तयारी गर्नु भनेपछि हामीले प्रक्रिया अघि बढाएका थियौँ।’

गोदावरी नगरपालिकाका मेयर महर्जनले नगरपालिका परिषद्लाई समेत गुम्राहमा राखी नयाँ कम्पनीलाई फोहोर मैलाको जिम्मेवारी दिने निर्णय पारित गराएको आरोप लागेको छ ।

सम्झौताका क्रममा सार्वजनिक खरिद ऐनमा उल्लेख सामान्य प्रावधान समेतलाई वेवास्ता गरिएको छ । नयाँ कम्पनीले बैंक ग्यारेन्टी राख्नु पर्ने प्रावधान सम्झौतामा उल्लेख छैन भने सार्वजनिक खरिद ऐनमा उल्लेख भए अनुसार ठेकेदार कम्पनीको कुनै पनि पूर्व योग्यतासमेत मागिएको छैन । कम्पनीको वित्तीय विवरणसमेतलाई सम्झौताका क्रममा समेटिएको छैन ।

सो नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ३५ प्रतिशत ठेकेदार कम्पनीले लगानी र बाँकी ६५ प्रतशसत सम्वन्धित नगरपालिकाले गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

जबकी क्लिन भ्याली कम्पनीले आफ्नो लागतमा जिल्लाको सम्पूर्ण फोहोरमैला व्यवस्थापन गर्ने लिखित सम्झौता गरेको थियो । नगरपालिकाले पहिल्यै गरेका सम्झौतालाई बेवास्ता गर्दै आर्थिक चलखेल हुने अभिप्रायले वदनियतपूर्वक सम्झौता गरेको पाइएको छ ।

लगानी बोर्डले सन् २०१६ अप्रिलमा गोदावरी नगरपालिकाको फोहोरमैला व्यस्थापन गर्न क्लिन भ्याली कम्पनी प्रालिले तयार पारेको डीपीआरलाई स्वीकृत दिइसकेको थियो । लगानी बोर्डले स्वीकृत दिएदेखि नै उक्त कम्पनीले वर्षेनी बैंक ग्यारेन्टी नवीकरण गर्दै आएको छ ।

फोहोरमैला व्यवस्थापनबारेको नयाँ सम्झौताप्रति नगरपालिकाकै अन्य कर्मचारीहरु असन्तुष्ट बनेका छन् । विस्तृतरुपमा अध्ययन नै नगरी मेयरले एकलौटी ढंगले नयाँ कम्पनीलाई फोहोरमैला व्यवस्थापनको जिम्मेवारी दिएको कर्मचारीको आरोप छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १ : २८ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट