भूकम्पपछिको पुनर्निर्माणबारे भारतीय अनुभव आदानप्रदान « Khabarhub

भूकम्पपछिको पुनर्निर्माणबारे भारतीय अनुभव आदानप्रदान


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा ६ वर्षअघि गएको विनाशकारी भूकम्पपछिको पुनर्निमाणमा भारतीय दूतावासले आफ्नो अनुभव आदानप्रदान गरेको छ ।

नेपालका गोरखा र नुवाकोटमा भारत सरकारको आर्थिक सहयोगमा पुनर्निमाण भएका ५० हजार घरको समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ-अनुभवबारे सोमबार काठमाडौँमा कार्यशाला सम्पन्न भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएनओपीएससँग सहकार्य गर्दै दूतावासले ५० हजार घर पुननिर्माण गर्दा भोगेको चुनौतीबारे भारतीय दूतावासकी उप–प्रमुख नामग्य सी. खम्पाले जानकारी दिइन् ।

कार्यक्रममा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडीआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरु, यूएनडीपी, यूएनओपीएस, ईयू, यूएसएआइडी, वर्ल्ड बैंक, एडीबी, जाइका, एफएनसीडीओ तथा सम्बन्धित नगरपालिका/गाउँपालिकाका प्रतिनिधिको उपस्थिति थियो ।

सन् २०१८ मार्चमा भारत सरकारले यूएनडीपी र यूएनओपीएसलाई पुनर्निमाण परियोजनामा संलग्न गराएको थियो ।

१०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलरसहित ५० हजार घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोगसहित भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिवद्धता जनाएको थियो ।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका ११ जिल्लाका ७१ वटा शिक्षा क्षेत्रसँग सम्बन्धित परियोजना तथा १३२ वटा स्वास्थ्य भवन र २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनर्स्थापना र प्रवलीकरणमा भारतले नेपाललाई सहयोग गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : ३७ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले