सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने « Khabarhub

सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ ।

सोमालियका नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ । सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले खाद्य संकटबारे जानकारी दिएको छ ।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले सोमालियामा आगामी सन् २०२२ को मे महिनासम्ममा खाद्यान्न अभावको समस्या झन् बढ्ने जनाएको छ ।

समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएका बताइएको छ ।

सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने पाइएको संस्थाले जनाएको छ । खडेरीका कारण नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि नै यहाँका मानिसले खाद्य संकट व्यहोरिरहेका छन् । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

सोमालियाको सरकारले यही अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो ।

सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने अवस्था गम्भीर हुने पनि बताएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : ०१ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ सम्बोधन गर्दै बालेनले भने- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता