पूर्वन्यायाधीशहरूको दलहरूलाई आह्वान : राणालाई तत्काल महाअभियोग लगाऊ « Khabarhub

पूर्वन्यायाधीशहरूको दलहरूलाई आह्वान : राणालाई तत्काल महाअभियोग लगाऊ


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘… रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा  महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’

पूर्वन्यायाधीशहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् ।

‘आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरिएको विज्ञप्ति न्यायका बिचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास मात्र हो यो न्यायालयको हितमा देखिदैन,’ पूर्वन्यायाधीश फोरमका अध्यक्षसमेत रहेका सर्वोच्चका पूर्वन्यायाधीश टोप बहादुर सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फोरमले जबराविरुद्ध बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष सिंहले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान नै सच्याउन माग गरे । उनले जबरा अयोग्य भइसकेको भन्दै राजीनामा नदिए तत्काल दलहरुले महाअभियोग लगाउनुपर्ने बताए ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ३ : २३ बजे

अमेरिकी सरकार सटडाउनतर्फ

एजेन्सी– अमेरिकी सिनेटले सरकारी खर्चसम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय

यूएई र साउदी अरबपछि अजरबैजानले भन्यो, ‘इरानविरुद्ध युद्धका लागि हाम्रो भूमि प्रयोग गर्न दिँदैनौं’

बाकु- अजरबैजानले छिमेकी देश इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीका लागि

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का