हत्यापछि सेफ्टी ट्याङ्कीमा शव | Khabarhub Khabarhub

हत्यापछि सेफ्टी ट्याङ्कीमा शव


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।

सो ठाउँका ४६ वर्षीय मबेसीर हुसेन मियाको शव साही ठाउँका एक व्यक्तिको सेफ्टी ट्याङ्कीमा भेटिएको हो । मिया गत कात्तिक ११ गतेदेखि हराएको भनी उनकी श्रीमती नुरजन खातुनले खोजी गरिदिन प्रहरीमा जोहरी दिएकी थिइन् ।

दमकबाट खटिएको ईलाका प्रहरी कार्यालय दमकको टोलीले खोजी गर्ने क्रममा सोही ठाउँका मोहम्मद सद्दामको घरममा शंकास्पद निशाना देखिएपछि अनुसन्धान केन्द्रित गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार सद्दामको घरमा रगतका केही टाटा देखिएका थिए ।

सो घरममा अनुसन्धान गर्दा घरममा भर्खरै रंग लगाएको, ट्वाइलेटको सेफ्टी ट्याङ्कीमाथि गोवरका गुइठा बनाएर राखेको पाइएको प्रहरीले जनाएको छ । ट्याङ्की खाली गर्दा शव फेला परेको हो । शवलाई कम्बलमा पोको पारी त्यहाँ हालिएको अवस्थामा भेटिएको छ।

शव फेला परेपछि परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई शव परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साही ठाउँका ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय मोहम्मत सुलेमान र उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र त्यसै ठाउकी ३८ वर्षीया कुर्सुमान खातुन रहेका छन् ।

घटनामा अन्य केही व्यक्ति संलग्न रहेको आशंका गरिएको प्रहरी उपरीक्षक भटराइको भनाइ छ । उनीहरुको साथबाट धारिलो हतियार दाउ, छुरी, मार्तोल लगायतका सामाग्री पनि बरामद भएका छन् । घटनाबारे प्रहरी थप अनुसन्धान अघि बढाएको छ । व्यक्तिगत रिसिवीका कारण घटना भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : ४१ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा