२९१ संक्रमित आईसीयू र भेन्टिलेटरमा « Khabarhub

२९१ संक्रमित आईसीयू र भेन्टिलेटरमा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभर हाल २२५ कोरोना संक्रमितको आईसीयूमा र ६६ को भेन्टिलेटरमा गरी कुल २९१ जना उपचाररत छन् ।

प्रदेश १ मा २३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११९ जना आईसीयूमा र ४० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा उपचारत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ४० बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने