प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग « Khabarhub

प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति छानबिन गर्न माग गरेकी हुन् । न्यायालयको सुदृढीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै नेपाल बारले आन्दोलन गरिरहेका बेला टीआईएले सम्बपत्ति छानबनि गर्न माग गरेको हो ।

टीआईले हाल न्यायालयमा देखिएको संकटमा ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग सम्बन्धित विवादका कारण उत्पन्न परिस्थितिले न्याय सम्पादनमा गम्भीर अवरोध सिर्जना भएको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिह्न खडा भएको समाचारतर्फ यस संस्थाको ध्यानाकर्षण भएको छ।”

न्यायपालिकामा हुने विकृति र विसङ्गतिबारे विभिन्न समयमा सर्वोच्च अदालत र नेपाल बारबाट पेश भएका अध्ययन प्रतिवेदनले ढिलो कार्य सम्पादन, प्रभावित निर्णय, पदीय दुरुपयोग, बिचौलियाको प्रयोग र भ्रष्टाचार जस्ता समस्या रहेको तथ्य उजागर गरेको उल्लेख गर्दै यसको सुधारका लागि कार्यान्वयन गर्नुपर्ने टीआईएको सुझाव छ।

टीआईएले प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भाग मागेको विषय गम्भीर भएको भन्दै यी विषयमा छानबिन हुनुपर्नेसमेत बताएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ८ : ३० बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको