सर्वोच्च परिसरमा पत्रकारलाई रोक लगाउनु निन्दनीय : पत्रकार महासंघ « Khabarhub

सर्वोच्च परिसरमा पत्रकारलाई रोक लगाउनु निन्दनीय : पत्रकार महासंघ


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा देखिएको संकटबारे समाचार संकलनमा अवरोध गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले सर्वोच्चमा धर्ना दिने कार्यक्रम रहेकोमा सोमबार पत्रकारहरुलाई सर्वोच्च अदालत परिसर र परिसर बाहिर रोकिएको थियो ।

महासंघका महासचिब रोशन पुरीले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार संकलनमा अवरोध गरेकोमा महासंघको ध्यानाकर्षण भएको जनाएका छन् । उनले यस्तो अवरोध गर्नु निन्दनीय घटना भनेका छन् ।

पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पुर्‍याउने र दुर्व्यवहार गर्ने कामप्रति महासंघले आपत्ति जनाएको छ।

महासंघले पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ९ : ४१ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको