दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी « Khabarhub

दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा कांग्रेस सभापतिमा विजयी


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । मंगलबार भएको सभापतिको दोस्रो चरणको मतदानको बुधबार सम्पन्न मत गणनामा देउवाले जित हात पारेका हुन् । ४५६४ म खसेकोमा यो समाचार तयार पार्दासम्म देउवाले २२८८ मत (बहुमत) मत ल्याइसकेका छन् ।

देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १५०१मत पाएका छन् । ३८१९ मत गणना हुन भएको छ । अब ७०० मत गणना हुन बाँकी छ ।बुधबार बिहानसम्म सो मत गणना सम्पन्न हुनेछ ।

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।

देउवा नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका नेता हुन् । पञ्च्यायतविरुद्धको आन्दोलनबाट सक्रिय भएर खारिएका नेता २०४६ को आम निर्वाचनयता देशमा हालसम्म भएकासबै आम निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उमेर ७६ वर्ष पुगेका देउवा ८० वर्षको उमेरसम्म कांग्रेसको सभापति हुने भएका छन् । महाधिवेशन उद्घाटन गर्दा सम्बोधनका क्रममा देउवाले आफूले जिते तीन वटै तहको चुनावमा पार्टीलाई पहिलो दल बनाउने वाचा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल