माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान « Khabarhub

माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो ।

आयोगले नेपाली विषयमा कूल २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

शिक्षा, शुक्लयजुर्वेद, स्वास्थ्य, संस्कृत व्यापकरण, संस्कृत भाषा, संस्कृत साहित्य, कम्प्युटर विज्ञान, न्यायजस्ता विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।

अठार वर्ष उमेर पुगेर ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ भने लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ ।

आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन www.online.tsc.gov.np दरखास्त प्रणालीमार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले पनि चिकित्सा शिक्षा स्नातक तहका विभिन्न कार्यक्रमका एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

आज आयोगले एक सूचना जारी गर्दै आगामी पुस १४ देखि २० गतेभित्र योग्यता पुगेका उम्मेदवारलाई अनलाइन आवेदन भर्न आह्वान गर्दै सूचना जारी गरेको हो । आयोगले अनलाइन आवेदन पेस गर्नेबारे आयोगको वेबसाइटमा सूचना राखिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : १५ बजे

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो