दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा « Khabarhub

दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाउनुभएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन् ।

उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाएका छन् ।

विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई  दिएका छन् ।

सन्देशमा भनिएको छ, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ ।’

प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गरेका छन् ।

उनले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाएका छन् । ‘उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रुपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधै झैँ उचित ध्यान पुर्‍याएको मलाई लाग्छ’, उनले भनेका छन् ।

प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने  विश्वास व्यक्त गरे । आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ३२ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको