आर्यनलाई अदालतले दियो राहत « Khabarhub

आर्यनलाई अदालतले दियो राहत


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ ।

आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको थियो । आर्यनको तर्फबाट अधिवक्ता अमित देसाईले बहस गरेका थिए । ‘हामी शुक्रबारको हाजिरीको मामलामा जमानतको शर्त ‘जे’मा संशोधनको माग गरिरहेका छौं । अहिले यहाँ केही भइरहेको छैन । उनीहरु जहिल्यै चाहन्छन्, बोलाउन सक्छन् । एनसीबीको मुम्बई ब्राञ्च पनि एसआईटीको हातमा मुद्धा पुगेपछि यो मामलामा सक्रिय देखिएको छैन’, अधिवक्ता देसाईले भनेका छन् ।

आर्यनको विषयमा अदालतले निर्णय सुनाउदै एसआईटीले बोलाएको खण्डमा ७२ घण्टाभित्र आर्यन दिल्लीको टिमसमक्ष उपस्थित हुनुपर्नेछ ।

आर्यनलाई हरेक शुक्रबार बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म नार्कोटिक्स कन्ट्रोल ब्यूर(एनसीबी)को कार्यालयमा उपस्थित हुनुपर्थ्याे । यो उनको जमानत आदेशमा लेखिएको १४ शर्तमध्ये एक थियो । यो शर्तलाई परिवर्तन गर्नका लागि आर्यनले पछिल्लो दिनमा बम्बे हाईकोर्टको अदालत ढकढक्याएका थिए । याचिकामा उनले मुद्धालाई एनसीबीले एसआइटीलाई हस्तान्तरण गरेकाले आफ्नो शर्तमा छुट हुनुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : २४ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको