मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक « Khabarhub

मेलम्ची खानेपानी आयोजनाको आयोजनास्थलसम्म खोलियो सडक


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्चीको पानी अस्थायी संरचनामार्फत ल्याउनका लागि आयोजनास्थलसम्म सडक खोलिएको छ । वर्षाका कारण अवरुद्ध भएको सडक मेलम्ची खानेपानी विकास समितिले स्थानीय पालिकासँगको समन्वयमा अस्थायीरूपमा मर्मत गरेको हो ।

अहिले तत्काल नै आवश्यक उपकरण र सवारीसधन लैजान अस्थायीरूपमा सडक निर्माण गरिएको समितिले जनाएको छ । अहिले निर्माण भएको सडक आगामी वर्ष नै बाढीले क्षतिग्रस्त गर्नसक्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार तत्काल अस्थायीरूपमा पानी चलाउन सडक निर्माण गरिएको हो । अहिले निर्माण भएका सडक र पुल दुवै तत्कालका लागि र अस्थायी प्रकृतिको भएको उनले बताए । उनले भने, “अहिले भर्खर आयोजनाका संरचना मर्मत गरेर सञ्चालन गर्न मात्रै सडक खोलिएको हो ।”

आयोजनाका लागि र स्थानीयवासीका लागि पनि सडक दीर्घकालीन रुपमा निर्माण गर्न आवश्यक छ । आयोजनास्थलभन्दा माथिल्लो क्षेत्रबाट पहिरोको जोखिम रहेकाले त्यसको अध्ययन भइरहेको छ । आयोजनामा सहयोग गरेको दातृ संस्था एशियाली विकास बैंकले खानेपानी मन्त्रालयसँगको समन्वयमा अध्ययन गरिरहेको छ । अध्ययनका प्रतिवेदन आएपछि त्यसकै आधारमा दीर्घकालीन रुपमा सडक र पुल निर्माणमा जानुपर्ने उनको भनाइ छ । उनले भने, “माथिल्लो क्षेत्रको अध्ययन सकिएपछि हामीले अर्को वर्षा पहिले नै स्थायी निर्माणमा जानुपर्छ ।” रासस

अध्ययन प्रतिवेदन आएपछि त्यसैका आधारमा कति माथिबाट सडक र पुल निर्माण गर्न आवश्यक छ भनी टुङ्गो लाग्ने सूचना अधिकारी पन्तले बताउनुभयो । दातृ निकायको अध्ययन टोलीले गरेको अध्ययनमा आगामी वर्ष पनि बाढी आउनसक्ने देखिएको छ । अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा मात्रै स्थायी संरचनाका निर्माणको योजना बनाउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल हामीले आयोजनाका लागि ठूलो खर्च नगरेर अस्थायी रुपबाट पानी ल्याउन काम गरेका छौँ ।”

सो सडक आयोजनास्थलमा पुग्नका लागि मात्रै नभएर स्थानीयबासीका लागि पनि आवश्यक छ । गत असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण सडकमा क्षति पुगेको थियो । कतिपय ठाउँमा नदीले सडक नै कटान गरेकाले मर्मतमा लामो समय लागेको थियो । मङ्सिरको पहिलो साता आएको बाढीले थप क्षति पुर्‍याएको सडक तत्कालका लागि खुलाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : १३ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले