सरस्वतीका यी १२ नाम ११ पटक उच्चारण गर्नाले हुनेछ कार्यसिद्धि « Khabarhub

सरस्वतीका यी १२ नाम ११ पटक उच्चारण गर्नाले हुनेछ कार्यसिद्धि


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरु बिहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् ।

तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।

देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नाले कार्यसिद्धि मिल्ने धार्मिक विश्वास गरिन्छ ।

१. भारती
२. सरस्वती
३. शारदा
४. हंसवाहिनी
५. जगती
६. वागीश्वरी
७. कुमुदी
८. ब्रह्मचारिणी
९. बुद्धिदात्री
१०. वरदायिनी
११. चंद्रकाति
१२. भुवनेश्वरी।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागीश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्।

विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूला महत्व छ।

यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : १० बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड