उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या « Khabarhub

उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै सार्वजनिक भएको अध्ययन अनुसार हजारौँ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ ।

ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगहरुः महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमानसँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुम्रपानः धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक असर पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुर्‍याउनका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोसः अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ । -एजेन्सी

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ५७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु