कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा | Khabarhub Khabarhub

कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी जनता पार्टी (सजपा) बीच एकता भएको लामो समयपछि कर्णाली प्रदेशमा एकीकृत कमिटी घोषणा गरिएको छ ।

सुर्खेतमा शुक्रबार आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सचिव भक्तबहादुर शाहले साङ्गठनिक एकता घोषणा गरेका हुन् ।

दुई पार्टी एकतापछि पदाधिकारीमा तत्कालीन राजपाका पाँच र समाजवादीका १० सहित १५१ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको छ । राजपाले प्रदेश अध्यक्षसहित ४० र समाजवादीले मुख्यसचिवसहित १११ सदस्य पाएका छन् ।

प्रदेश अध्यक्षमा देवीकृष्ण न्यौपाने, उपाध्यक्षमा दिलकुमारी खड्का, प्रेम बोहरा, लाले कुमाल, भरत खत्री, पवित्रराज शर्मा, ऐवीर मिजार, लीला सिजापति, मुख्यसचिवमा चन्द्रा विक, सचिवमा राजेश पुन, छविलाल गौतम, सन्तोषी विक, राजेन्द्र शाही र कोषाध्यक्षमा नगेन्द्रबहादुर शाही चयन भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सचिव शाहले आफूहरु वैकल्पिक शक्तिका रूपमा स्थापित हुन पार्टी एकता गरेको बताउँदै संविधानले नेपाली समाजको पहिचानलाई सम्बोधन नगरेकाले त्यसको संशोधन हुन जरुरी रहेको बताए । उनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रणालीमा जाँदा अहिलेको अस्थिरता हट्ने बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ४४ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार