१५ शय्याको नगर अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

१५ शय्याको नगर अस्पताल सञ्चालनमा


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको कालिका नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ ।

जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल सञ्चालन गरिएको हो । वडा नं ६ खोलेसिमलमा नगरप्रमुख खुमनारायण श्रेष्ठले शुक्रबार नगर अस्पतालको उद्घाटन गरे ।

सो अवसरमा उनले अस्पतालको सेवा सञ्चालन भएसँगै उपचारका लागि भरतपुर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

नगरप्रमुख श्रेष्ठले १५ शय्याबाट सुरु भएको कालिका नगर अस्पताललाई छिट्टै २५ शय्याको बनाएर चिकित्सक र अन्य कर्मचारीको दरबन्दी बढाउने बताए ।

“नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ”, उनले भने, “उपकरण र जनशक्तिको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।”

विसं २०४९ मा स्थापना गरिएको जुटपानी स्वास्थ्यचौकीको २०६३ मा स्तरोन्नति गरी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको थियो ।

अस्पतालमा स्तरोन्नति भएसँगै कालिका नगर अस्पतालमा अन्य स्वास्थ्य सेवासहित आकस्मिक सेवा, इसिजी सेवा, फार्मेसी सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा थप गरिएको छ ।

२४ घण्टा बिरामीलाई भर्ना गरेर उपचार गर्ने व्यवस्थासहित अस्पताल सञ्चालनमा आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

सो अस्पतालमा चार विशेषज्ञ चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्नेछन् । केही दिनमै प्रयोगशालामा थाइराइडको परीक्षण, भिडियो एक्सरे तथा दन्त सेवा थप सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : ५९ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

उद्योग संगठन मोरङले गर्‍यो श्रमिकलाई सम्मान

मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग

सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी

सप्तरी– सप्तरीमा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

पाकिस्तान र इरानबाट दुई हजारभन्दा बढी अफगान आप्रवासी निर्वासित

इस्लामबाद– पाकिस्तान र इरानले निष्कासन गरेपछि दुई हजारभन्दा बढी अफगान

आगलागीबाट १४ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं– भक्तपुर र उदयपुरमा आगलागीबाट १४ लाख रुपैयाँ बराबरको धनमाल