स्थानीय सरकारले चलायो माटो ल्याव « Khabarhub

स्थानीय सरकारले चलायो माटो ल्याव



झापा– झापाको कमल गाउँपालिकाले पहिलो पटक माटो ल्याव सञ्चालनमा ल्याएको छ ।

जिल्लाका १५ स्थानीय तहमध्ये कमलले किसानको माटो परीक्षणका लागि पहिलो पटक ल्याव सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका अधिकांश बासिन्दाको प्रमुख आम्दानीको स्रोतनै खेती भएको तर हालसम्म पनि माटो परीक्षण गर्ने चलन नहुँदा अपेक्षित लाभ लिन नसकेकाले ल्याव सञ्चालनमा ल्याईको गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

परीक्षण नगरी अन्दाजका भरमा खेतमा मल तथा पोषक तत्व छर्दा नकारात्मक प्रभाव पर्ने र उत्पादन बढ्नुको साटो घट्ने अवस्था पनि आउने गरेको उनको भनाइ छ । तर परीक्षण गरेर आवश्यक मल र पोषक तत्व छर्दा लागत कम हुने र उत्पादन वृद्धि हुने बोहोराको भनाइ छ । साढे ४ लाख रुपैयाँको लागतमा गाउँपालिकाले ल्याव स्थापना गरेको हो ।

ल्यावमा १४ तत्व परीक्षण
गाउँपालिकाले सञ्चालनमा ल्याएको ल्यावले माटोका १४ ओटा पोषक तत्वको अवस्था पहिचान गर्ने कृषि प्राविधिक प्रेम पोखरेले बताए । बाली अनुसार माटोको अवस्था विश्लेषण गरेर मात्र आवश्यक पोषक तत्व छर्न किसानलाई सिफारिस गर्ने गरिएको उनको भनाइ छ ।

ल्याव सञ्चालन सुरू भएलगत्तै दैनिक किसानहरु माटो परीक्षणका लागि आउने गरेका छन् । गाउँपालिकाले आफ्नै प्राविधिकहरुलाई तालिम दिलाएर जनशक्ति समेत तयार पारेको हो ।

ल्याव सञ्चालनमा आएको बारेमा टोल टोलमा किसानहरुलाई जानकारी गराईएको र आवश्यकता अनुसार प्राविधिक किसानका खेतबारीमै पुगेर नमूना संकलन गर्ने र आवश्यक सुझाव दिने क्रम पनि सुरू भएको उनले बताए ।

अर्गानिक उत्पादनमा जोड

रसायनीक विषादीको प्रयोग क्रमिक रुपमा न्युनीकरण गरी जैविक र अर्गानिक उत्पादनमा गाउँपालिकालाई आत्म निर्भर बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन । यसका लागि किसानहरुलाई जैविक मल तथा विषादी उत्पादन बारे प्रशिक्षण दिईएको र किसानले आँफै उत्पादनसमेत गरेको उनले बताइन ।

हाल गाउँपालिकामा तरकारी, धान र मकैका पकेट सञ्चालनमा छन् । किसानलाई एकिकृत खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न पकेट कार्यक्रम सञ्चालन गरी आर्थिक, प्राविधिक तथा व्यावसायीक प्रवद्र्धनमा सहयोग गर्ने गरिएको उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए ।

उत्पादनसँगै अर्गानिक उपजको छुट्टै बजार सञ्चालन गर्न गाउँपालिकाको केर्खा बजारमा बिक्रीस्थल सञ्चालन गरी किसानलाई सहयोग गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  २ : ३३ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ