गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि « Khabarhub

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् ।

उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताए । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई नगरप्रमुख बस्नेतले एक थान स्कुटर प्रदान गर्ने घोषणा गरेका छन् । उत्कृष्ट पुरुष खेलाडीलाई भने आयोजकले एक थान मोटरसाइल प्रदान गर्नेछ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  २ : ४९ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले