भारतको भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता « Khabarhub

भारतको भ्रमण पूरा गरी परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फिर्ता


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशीय सम्बन्ध थप मजवुद बनाउन केन्द्रित भएको बताएका छन ।

तीन दिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल फर्किएका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल-भारत सम्बन्तधका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशीय सम्बन्धलाई मजबुद बनाउन तथा विकास यात्रालाई सफल बनाउने विषयमा भ्रमण केन्द्रित रहेको बताए ।

मन्त्री ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए ।

भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने, महाकाली नदीमा थप तीनवटा पुल बनाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उनले अतिआवश्यक क्षेत्रका लागि भारत तत्काल कोभिड खोप उपलब्ध गराउन तयार रहेको जानकारी दिए ।

संयुक्त आयोगको बैठकमा ट्रान्समिसन लाइन, कृषि क्षेत्रमा थप सहकार्य गर्ने, पञ्चेश्वर परियोजनाको डीपीआर गर्ने लगायतका विषयमा सहमति भएको उनले बताए ।

यसैगरी रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भ अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए । नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ०१ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र