जन्मकैदको फैसला सुनाइएका थारुले भने : न्यायका लागि अन्तिम विद्रोहको तयारी छौँ « Khabarhub

जन्मकैदको फैसला सुनाइएका थारुले भने : न्यायका लागि अन्तिम विद्रोहको तयारी छौँ


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि आफूहरु अन्तिम विद्रोहको तयारीमा रहेको जनाएका छन् ।

उच्च अदालतको फैसलापछि फरार रहेका थारुले पत्रकार सम्मेलनमार्फत् विद्रोहमा जाने तयारी भएको बताएका हुन् ।

उनले भने, ‘हामी विभिन्न पक्षहरुसँग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दैछौं ।’

उनले कानूनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने र सडकमार्फत् पनि विद्रोह गर्ने बताए ।

जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ०८ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने