पीएम कप क्रिकेट : प्रदेश १ लाई हराउँदै एपीएफको विजयी सुरुवात « Khabarhub

पीएम कप क्रिकेट : प्रदेश १ लाई हराउँदै एपीएफको विजयी सुरुवात


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शनिबार भएको खेलमा प्रदेश १ लाई एक ३५ रनले हराउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ४२.४ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्रै बनायो।

उसका लागि ओपनर मिनाश थापाले ४४ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए। यस्तै, फिर्दोस अन्सारी १७, दीपेश कँडेलले १६ दीपक पासवानले १३ र जोशक खड्काले अविजित १२ रनको योगदान दिए।

प्रदेश १ लाई सस्तैमा समेट्नेक्रममा एपीएफका अभिनाश बोहराले घातक बलिङ गरे। उनले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर पाँच विकेट लिए।

यस्तै, वसन्त रेग्मीले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर दुई विकेट लिँदा किशोर महतो र कप्तान शरद भेषावकरले एक–एक विकेट झारे।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो।

उसका लागि ओपनर आसिफ शेखले ३२ बलमा ५ छक्का र ६ चौका प्रहार सर्वाधिक ५९ रन बनाए।

यस्तै, वसन्त रेग्मीले ४०, सन्दीप जोराले ३०, कप्तान शरद भेषावकरले २०, सुवास खकुरेल र किशोर महतोले १९–१९ रन बनाउँदा सुमित महर्जनले १४ र अभिनास बोहरा ६ रन बनाएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : २४ बजे

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष