सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई « Khabarhub

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

“गाउँ/नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैंँ आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुर्‍याउने सञ्चारकर्मीमा पनि कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गरेका छन ।

पार्टीले ७५३ पालिकाका छ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दै छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ४७ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र