दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने « Khabarhub

दाहाल-नेपाल पक्षले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद विघटन विरुद्ध काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले माघ ९ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरको हो ।

बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ ।

बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ।

विरो प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ।

त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ।

बैठकले विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेलगत्तै त्यसको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले देशव्यापी रुपमा विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : २० बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि