नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास « Khabarhub

नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् ।

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन ।

पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि सफलता हासिल गरेका थिएनन ।

यसपटक पुर्जासहित १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरी रेकर्ड बनाएका हुन् ।

सफलतापूर्वक आरोहण गर्नेमा पुर्जासहित मिङमा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।

केटू हिमालको चुचुरोमा नेपाली राष्ट्रिय गान गाउनुका साथै राष्ट्रिय झण्डा फहराएको पर्वतारोही पुर्जाले इन्स्टाग्राममा लेखेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २० बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा