राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित  « Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही सम्मानित 


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन ।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा गत २८ गते सम्पन्न ‘एनएसजेएफ स्पोर्टस अवार्ड’मा ‘पिपल्स च्वाइस विधा’मा विजयी भएकी उनलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद रु एक लाखसहित सम्मान गरेको हो ।

पश्मिाञ्चल क्षेत्रीय भलिबल सङ्घले पोखरा रङ्गशालामा आयोजना गरेको सम्मान कार्यक्रममा सामाजिक विकासमन्त्री नरदेवी पुनले सो रकम प्रदान गरे ।

अवार्ड विजेता तथा नेपाली महिला भलिबल टोलीलाई वर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल भएकामा उनलाई सो सम्मान अर्पण गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य राजेशकुमार गुरुङले व्यक्तिगतरुपमा अरुणालाई नगद रु ११ हजार सहयोग गरे ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सरकार खेलकूद विकासका लागि प्रतिवद्ध भएको बताउँदै आर्थिक क्षमताले भ्याएसम्म विकासको कार्यलाई अघि बढाएको बताए ।

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि पोखरा रङ्गशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले नवौं खेलकूदको तयारीका लागि जुट्न आग्रह गरे ।

यसैबीच पोखरामा सञ्चालन भएको ‘अरुणा शाही जिताउ अभियान’को बचत रकम कप्तान अरुणालाई हस्तान्तरण गरिएको छ ।अभियानबाट बचत रकम रु तीन लाख ७३ हजार ७०५ हस्तान्तरण गरिएको हो ।

सङ्कलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिबल सङ्घका सल्लाहकार नारायण प्रसाद शर्माले कूल १६ लाख ७३ हजार ७०५ सङ्कलन भएकामा भोटिङ, भलिबल खेल व्यवस्थापनलगायतमा रु १३ लाख खर्च जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १० : ४८ बजे

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार