शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार « Khabarhub

शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि भई ऐतिहासिक उचाईमा पुगेको छ ।

आज ११ बजे २५८६.०१ को बिन्दुबाट सुरु भएको नेप्से परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५.५० अंकले बढेर २६०१.५१ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ ।

परिसूचक ०.६० प्रतिशतले बढेको हो । नेप्से दोहोरो अंकले बढे पनि कारोबारका १२ उपसमुहमध्ये ८ उपसमुह ओरालो लागेका छन् र बाँकी ४ उपसमुह मात्र उकालो लागेका हुन् ।

अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर ७६ हजार ४९३ पटक खरिद बिक्री हुदाँ १० अर्ब ३ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकले ५२ करोड ९९ लाख ९६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । आज सबै भन्दा धेरै चन्द्रगिरि हिल्सका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले १० प्रतिशतले कमाएका हुन्।

त्यस्तै नेपाल इन्फास्ट्रक्चर बैंक, मिरमिरे लघुवित्त, कर्पोरेट डेभलेपमेण्ट बैंक लगायतका लगानीकर्ताहरुले उच्च अकंले कमाएका छन भने शाधना लघुवित्त, पाँचथर पावर कम्पनी, वरुण हाइड्रोपावर, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताहरुले गुमाउनेमा परेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ५९ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा