झुटा बिजक बनाएर १ अर्ब बराबरको राजस्व छली « Khabarhub

झुटा बिजक बनाएर १ अर्ब बराबरको राजस्व छली


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झुटा तथा नक्कली बिजक बनाएर झण्डै रु एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी १३ जनाले सो बराबरको राजस्व छली गरेको पाइएको हो ।

उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर(भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उक्त आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ ।

उनीहरूले रु ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।

उक्त घटनामा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिए ।

मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरेको जनाएको छ ।

विभागले दायर गरेको मुद्दामा उक्त लेखापरीक्षणमा कागजात तयार गरी झुटा तथा नक्कली कर बिजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेद तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुख्य अभियुक्तले पाउने सजायको आधार सजायको मागदाबी गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ५९ बजे

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको