शरणार्थी समस्याका विषयमा प्रधानमन्त्री ओली र ‘युएनएचसीआर’का प्रतिनिधिबीच छलफल  « Khabarhub

शरणार्थी समस्याका विषयमा प्रधानमन्त्री ओली र ‘युएनएचसीआर’का प्रतिनिधिबीच छलफल 


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय(युएनएचसीआर)को नेपालस्थित प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयका नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो राखेका थिए ।

प्रधानमन्त्री ओलीले हालसम्म भुटानी शरणार्थीको यथोचित प्रबन्धका लागि राष्ट्र सङ्घीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पूर्ववत् सहयोग रहने विश्वास व्यक्त गरे ।

आफ्नै समस्यासँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढङ्गले व्यवस्थापन गर्न चाहेको भनाइ प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उनीहरूकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताए । त्यसो हुन नसके विकल्पमा तेस्रो मुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरूको व्यवस्थापन नेपालमै गर्नका लागि गरी तीनवटै विकल्पमा कार्य गर्न नेपाल सरकार खुला रहेको प्रधानमन्त्रीले बताए ।

यसका लागि उच्चायुक्तको कार्यालयबाट सहयोग प्राप्त हुने उनले विश्वास लिएका थिए । जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्नेबारे उच्चायुक्तको कार्यालय सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : २७ बजे

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन