मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन « Khabarhub

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दीपावली, सरसफाइ, प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाइ एवं साँझ दीपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी, साँझ दीपावली र ८ गते कोशी अस्पताल, वृद्धाश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दीपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सबैलाई सहभागी हुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताए । उनले विगतमा परम्परागत रुपमा मनाउँदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढङ्गले हर्षोल्लासका साथ मनाउने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा प्रजातन्त्र दिवसको महत्व बढेर गएको बताए ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले फागुन ७ गते नेपालमा ठूलो परिवर्तन आएकाले धुमधामका साथ मनाउन सबैसँग आग्रह गरे । आन्तरिक तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर