साहित्यकार भण्डारीको ‘असुरक्षित गुलाब’ लोकार्पण « Khabarhub

साहित्यकार भण्डारीको ‘असुरक्षित गुलाब’ लोकार्पण


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति साहित्यकार सरुभक्तले उक्त कृतिको लोकापर्ण गरेका हुन ।

सो अवसरमा उनले जीवन र साहित्य पाटो सँगसँगै भएकाले अब छुट्टाछुट्टै लिन नसकिने बताए । मुक्तक सङ्ग्रह समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलोरुपमा उतार्न सफल भएको उल्लेख गर्दै उनले यो उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास व्यक्त गरे ।

परिवारका पूर्वअध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारीले भण्डारीका साहित्यिकलगायत उनको व्यक्तित्वको चर्चा गर्दै मुक्तक सङ्ग्रह समाजको यथार्थलाई बिम्वात्मक र व्यग्याङ्त्मकरुपमा प्रस्तुत गर्न सफल भएको बताए ।

समालोचक सञ्जीव तिवारीले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताउँदै मुक्तकमार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा व्यङ्ग्य प्रहार गरेको उल्लेख गरे ।

मुक्तकमा नेपाल र नेपालीको भविष्यका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको उनको भनाइ छ ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, गजलकार प्रकट पगेनी ‘शिव’, गजलकार दीपक समिप, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलगायतले साहित्यकार भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामनासहित साहित्यप्रतिको आफ्नो धारणा राखेका थिए ।

परिवारका अध्यक्ष मोती भुजेलले भण्डारीमा राजनीतिक र सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्न भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरे ।

‘असुरक्षित गुलाब’मा १०७ मुक्तक समावेश रहेको परिवारका सचिव डा चैतन्य अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ३२ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ