भिटामिन डीको अभाव पूरा गर्न कति समय घाम ताप्ने ? « Khabarhub

भिटामिन डीको अभाव पूरा गर्न कति समय घाम ताप्ने ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरको विकास र सञ्चालनमा विभिन्न प्रकारको पौष्टिक तत्व र भिटामिन आवश्यक पर्दछ । कुनै पनि भिटामिनको कमी भएमा शरीरमा रोगको जोखिम बढेर जान्छ ।

भिटामिन डी हाम्रो शरीरमा अति आवश्यक छ । तर कतिपय मानिसमा यसको कमी रहने गर्दछ । अझ शहर बजारमा बस्नेहरु भिटामिन ‘डी’को कमीको समस्यासँग बढी जुझ्ने गरेका छन् । त्यसको प्रमुख कारण हो सूर्य किरणको सम्पर्कबाट टाढा रहने ।

पहिले पहिले मानिसहरू प्रकृतिसँग बढी नजिक हुन्थे, घाममा बढी निस्किने गर्थे र धेरैजसो काम वा क्रियाकलाप खुला वातावरणमै हुने भएकाले घामसँगको सम्पर्क बढि हुन्थ्यो । तर अहिले कोठा भित्र थुनिएर बस्दा ठूलो जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ ।

मानव छालाले सूर्य प्रकाशमा भएको परावैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ । विज्ञहरूका अनुसार, भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन ‘डी’ माछा, च्याउ, दूध, मासु, अन्डा, फोर्टिफिकेसन भएका खाद्यपदार्थहरूमा पाइन्छ ।

जाडोमा मात्र नभई गर्मी याममा पनि घाम ताप्न आवश्यक हुन्छ । सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हातपाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन ‘डी’ को स्तर उच्च रहन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ४८ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर