प्रधानमन्त्री ओलीले भने- संसद् विघटनको परिस्थिति पुष्टि हुँदैछ (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले भने- संसद् विघटनको परिस्थिति पुष्टि हुँदैछ (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको परिस्थिति अब पुष्टि हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका हुन् ।

हेरौँ भिडियो

उनले संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको बताए । प्रधानमन्त्रीले भने, ‘अब प्रतिनिधि सभा विघटनको परिस्थति पुष्टि हुने अवस्थामा छ । किनभने संसद् पहिलो दिनदेखि आफैँले चल्न नदिने आफैँ बहिस्कार गर्ने । आफैँ व्यवधान खडा गर्ने । आफै नारा लगाउन स्थिति बनेको छ । पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्नुपर्छ । त्यो सरकारलाई दिइएन । संविधान कार्यान्वयन गर्न दिइएन । कार्यान्वय गर्न व्यवधान गरियो ।’

चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भेटघाट पनि नभएको र विचार आदान प्रदान पनि हुन नपाएकोले संसद् पनि ठीक ढंगले नचलेको अवस्थामा हामी भेटघाट गरौँ, हल्का जलपान गरौं, चियापन गरौं भनेर बोलाइएको हो । नयाँ परिस्थिति उत्पन्‍न भएको छ । केही मानिसहरुले राष्ट्रिय राजनीति नै बिथोलेर असहज स्थितिमा पुर्‍याए ।’

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०३ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग