प्रधानमन्त्री ओलीले भने- संसद् विघटनको परिस्थिति पुष्टि हुँदैछ (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री ओलीले भने- संसद् विघटनको परिस्थिति पुष्टि हुँदैछ (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको परिस्थिति अब पुष्टि हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका हुन् ।

हेरौँ भिडियो

उनले संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको बताए । प्रधानमन्त्रीले भने, ‘अब प्रतिनिधि सभा विघटनको परिस्थति पुष्टि हुने अवस्थामा छ । किनभने संसद् पहिलो दिनदेखि आफैँले चल्न नदिने आफैँ बहिस्कार गर्ने । आफैँ व्यवधान खडा गर्ने । आफै नारा लगाउन स्थिति बनेको छ । पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्नुपर्छ । त्यो सरकारलाई दिइएन । संविधान कार्यान्वयन गर्न दिइएन । कार्यान्वय गर्न व्यवधान गरियो ।’

चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भेटघाट पनि नभएको र विचार आदान प्रदान पनि हुन नपाएकोले संसद् पनि ठीक ढंगले नचलेको अवस्थामा हामी भेटघाट गरौँ, हल्का जलपान गरौं, चियापन गरौं भनेर बोलाइएको हो । नयाँ परिस्थिति उत्पन्‍न भएको छ । केही मानिसहरुले राष्ट्रिय राजनीति नै बिथोलेर असहज स्थितिमा पुर्‍याए ।’

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : ०३ बजे

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै