शाहरुखका कारण विद्यालयबाट निकालिएका थिए रणवीर « Khabarhub

शाहरुखका कारण विद्यालयबाट निकालिएका थिए रणवीर


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता रणवीर सिंह अहिलेका चल्तीका अभिनेता हुन् । उनले धेरै राम्रा फिल्ममा आफ्नो दमदार अभिनय कला देखाइसकेका छन् ।

रणवीर अभिनेता शाहरुख खानलाई मनपर्ने कलाकार मान्छन् । उनले आफ्ना कैयौं अन्तरवार्तामा शाहरुखका कारण स्कुलबाट आफू निकालिएको खुलाएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार रणवीर स्कुलमा पढिरहँदा त्यो समयमा शाहरुखले एकसेएक हिट फिल्म दिइरहेका थिए ।

एकदिन उनी कक्षाकोठामा शाहरुखको सुपरहिट गीत ‘छैया छैया’ लुकेर सुनिरहेका थिए । जसै यो कुरो शिक्षकले थाहा पाए, त्यसपछि उनलाई शिक्षकले निलम्बन गरिदिए ।

‘म ९० को दशकको बच्चा हुँ । सन् १९८५ मा जन्मिएँ, ९० को युग त्यो हो, जसले मलाई चिनाउछ । फिल्म संगीत, पप कल्चर, फेसन मेरो सुरुवाती समयदेखि नै हिस्सा थिए । त्यहीकारण पनि म त्यो समयमा शाहरुखका गीत खुबै सुन्दथें । एकदिन गीत सुनिरहँदा मलाई शिक्षकले निलम्बन गरिदिए ।’ उनले भनेका छन् ।

शाहरुखको गीत ‘छैयाँ छैयाँ’ फिल्म ‘दिल से’को हो । यो गीतमा शाहरुख र मलाइका अरोडा फिचर्ड छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ३५ बजे

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल

राष्ट्रियसभा कार्यव्यवस्था बैठक- उपाध्यक्ष र समिति सभापतिको निर्वाचन अघि बढाइने

काठमाडौं– राष्ट्रिय सभाले सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचन प्रक्रिया