मुख्यमन्त्री राईको हेलिकप्टर चढेर ससुराली यात्रा (तस्वीरसहित) « Khabarhub

मुख्यमन्त्री राईको हेलिकप्टर चढेर ससुराली यात्रा (तस्वीरसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् ।

पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् ।

शेरधन पत्नी जाङ्मुले मंगलबार बिहान फेसबुकमार्फत संखुवासभा पुगेको फोटोहरू सार्वजनिक गर्दै आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन् । साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन् ।

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले बताएकी छन् ।

तस्वीरहरू मुख्यमन्त्री राईकी श्रीमती जाङ्मुको फेसबुकबाट

मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र…

Posted by Jangmu Enn Sherpa on Monday, March 15, 2021

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ०५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक