सर्वदलीय बैठकमा आफ्नो बंगलादेश भ्रमणबारे राष्ट्रपतिद्वारा जानकारी (भिडियोसहित) « Khabarhub

सर्वदलीय बैठकमा आफ्नो बंगलादेश भ्रमणबारे राष्ट्रपतिद्वारा जानकारी (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका विषयमा जानकारी गराएकी छिन् ।

सर्वदलीय बैठकमा संसद विघटनका विषयमा समेत कुरा उठेको नेमकिपा सांसद् प्रेम सुवालले बताए । उनका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए ।

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।

हरौँ भिडियो

दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।

राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणका बारेमा बैठकमा जानकारी गराएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

सर्वदलीय बैठकमा आफूले राजनीतिक समस्याको समाधान संसदबाटै खोज्न सुझाव दिएको अध्यक्ष केसीले जानकारी दिए ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायत सहभागी थिए ।

यसैगरी नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी भएका थिए । त्यसैगरी नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित भएका थिए ।

राष्ट्रपति भण्डारी यही चैत ९ गते मित्र राष्ट्र बंगलादेशको राजकीय भ्रमणमा जाँदैछिन् । परराष्ट्र मन्त्रालयले समेत राष्ट्रपति भण्डारीको दुई दिने राजकीय भ्रमणको कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २१ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको