सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ ।

प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गरेकी थिइन् ।

बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते हुनुभएको भन्दै आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराइन् ।

यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताए ।

उनले भने, “विधेयक दर्ता भइरहेका छन्, अन्य प्रदेशमा प्रदेशसभाको बैठक नचलल्दा सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमितरुपमा चलेको छ ।”

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,