नेप्सेमा सामान्य सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए « Khabarhub

नेप्सेमा सामान्य सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ ।

लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ ।

नेप्सेमा झिनो सुधार भए पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल २१६ कम्पनकिो ९० लाख १२ हजार ८५३ कित्ता शेयर रु तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा कारोवार भयो । आजको कारोवारपछि बजार पूँजीकरण रु ३३ खर्ब एक अर्ब ८५ करोड २९ लाख २० हजारको हाराहारीमा रहेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६७, होटल तथा पर्यटन ८६, वित्त १.२१, उत्पादन २३.२५, लघुवित्त २७.३६, जीवन बीमा २३०.२९ र लगानी ०.२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ७२.५९, विकास बैंक २.३५, जलविद्युत् ३१.८३, अन्य २०.११ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ३८ लाख ७९ हजार ८८४ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु १८ करोड ८५ लाख २९ हजार ६४४, नेपाल पूर्वाधार बैंक रु १७ करोड दुई लाख ६६ हजार ४५४, नबिल बैंक रु १३ करोड ८९ लाख ५३ हजार ८५, नेशनल हाइड्रो पावर कम्पनी रु १२ करोड १६ लाख आठ हजार ७१४, एचआइडिसिएल रु १० करोड ५६ लाख पाँच हजार ६१०, एनआइसि एशिया बैंक रु आठ करोड ७७ लाख ९६ हजार ८९२, नेको इन्स्योरेन्स रु सात करोड ९५ लाख ५८ हजार १९८ र ग्लोबल आइएमई बैंक रु सात करोड ८२ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । यस्तै, जोशी हाइड्रोपावर ९.९२, घलेम्दीह हाइड्रोपावर ९.८३, ग्रीन लाइफ हाइड्रोपावर ९.७०, खानीखोला हाइड्रोपावर ९.४०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७.०३, एचआइडिसिएल ६.७१, दिव्यश्वरी हाइड्रोपावर ५.९८ र यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए ।

यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ८.८१, पञ्चकन्या माई हाइड्रोपावर ४.८६, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ४.६८, राष्ट्रिय बीमा कम्पनी ४.०३, अरुण भ्याली हाइड्रोपावर ३.६८, हिमालयन पावर पार्टनर ३.८१, एनआइबिएल प्रगति फण्ड ३.५८ र माथिल्लो तामाकोशीका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : २७ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा