सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने « Khabarhub

सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ ।

बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई  साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।

नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो ।

कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : ०१ बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।