सुपारी, मरिचलगायत चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन « Khabarhub

सुपारी, मरिचलगायत चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ ।

कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेकोे हो ।

आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो ।

कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन ।

सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी कोटा राख्दै प्रतिबन्ध हटाएको थियो ।

कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए ।

यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३ मेट्रिक टन, नधुल्याइएको मरिच आायत गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ मेट्रिक टन र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ ।

गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : १५ बजे

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का

चितवन पुगेर रविले भने : रास्वपा कसैसँग गठबन्धन गर्दैन, एक्लै सबै सिट जितेर देखाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते

विशेष अधिवेशन पक्षधर युवाहरुको आक्रोश- ‘पार्टी फुटाउने होइन, कुर्सी हल्लाउने हो’

काठमाडौं- लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल मान्दै आएको नेपाली कांग्रेस यतिबेला

प्रधानमन्त्रीले भनिन्- पृथ्वीनारायणलाई सच्चा नेपालीले श्रद्धा र सम्मान गर्नुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको